
कास्की । पोखराको सेती किनार स्थित रामघाटको सुकुम्बासी बस्तीमा बस्दै आएका ४४ वर्षीय मीनबहादुर परियारले अहिलेसम्म निर्वाचनमा भोट दिने अवसर पाएका छैनन् ।
निर्वाचन आएपछि भोट माग्दै नेता कार्यकता आए पनि अहिलेसम्म आफूले नागरिकता बनाउन नसकेर भोट दिन नपाएको परियारले बताए । नागरिकता नभएसम्म मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।
आफूले अहिले सम्म नागरिकता बनाउन नसकेकोले मतदाता नामावलीमा नाम लेखाउन नसकेको उनले बताए । बुवाआमासंगै सानै उमेरमा पुख्यौली जिल्ला पर्वतको गाउँको थाकथलो छाडेर उनको परिवार चितव सर्यो ।
बुवा आमाको मृत्यु पछि उनी पोखरामा बस्न थाले । उनी अहिले सेती नदी किनार रामघाटको सुकुम्बासी बस्तीमा बस्दै आएका छन् ।
नागरिकता बनाउन दुई पटक गाउँको वडामा पुगे पनि वडाले आवश्यक कागजाज नपुगेको भन्दै फिर्ता पठाएको उनले सुनाए । उनकी श्रीमतीको मृत्यु भइसक्यो । अहिले उनका १४ वर्षका छोरा छन् । श्रीमतीको नागरिकताबिहीन भएरै मृत्यु भएको सुनाउँदै उनले दाजुभाइले नागरिकता लिए पनि आफूले नपाएको गुनासो गरे ।
प्रकाशित मिति: २०२२-११-१७ , समय : २१:४७:५८ , ६ महिना अगाडि