११ बैशाख २०८१, मंगलबार
2024-04-23

काठमाडौं क्षेत्र नम्बर ४ को मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता

Aarya News Desk

काठमाडौ। काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार गगनकुमार थापाले अग्रता लिएका छन् । मध्यान्न १२ बजेसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार थापाले ६६८ मत ल्याएका छन् । १५११ उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन् । काठमाडौं ४ मा अहिले बुढानिलकण्ठ नगरपालिकाको मतगणना भइरहेको छ ।

यो निर्वाचन क्षेत्रमा ३० जनाको उम्मेदवारी परेको छ । जसमध्ये १३ जना स्वतन्त्र उम्मेदवार छन् ।

२०७४ सालको निर्वाचनमा ६३ हजार २१५ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा यो पटक ६९ हजार ७५२ मतदाता रहेका छन् । यो पटक गत निर्वाचनको तुलनामा ६ हजार ५३७ मतदाता थपिएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा, एमाले नेता भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल मजदुर कीसान पार्टीका रमेश ढुगेंल लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १३:४७:२० , १ वर्ष अगाडि

error: Content is protected !!