१३ बैशाख २०८१, बिहिबार
2024-04-25

मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु

Aarya News Desk

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु भएको छ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा ती तीन क्षेत्रको मतगणना सुरु गरिएको हो ।

आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरिएको थियो । त्यसैअनुसार दलका प्रतिनिधि, उम्मेदवार, तिनका प्रतिनिधिलगायतको उपस्थितिमा मत गन्न थालिएको छ ।

मोरङका अरु तीनवटा क्षेत्रको मगतणना भने सम्बन्धित क्षेत्रकै स्थानीय तहमा गरिने भएको छ

प्रकाशित मिति: २०२२-११-२१ , समय : १४:०३:२८ , १ वर्ष अगाडि

error: Content is protected !!