बि.स. : २०८१ कार्तिक ०६, बुधबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरे

राजीव कुशवाहा 483  पटक हेरिएको

विराटनगर। मोरङमा लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा एक युवाले आत्मा हत्या गरेका छन्। विराटनगर १ पोखरिया बस्ने २३ वर्षीय राजु कुमार मण्डलले आत्मा हत्या गरेका हुन्।

विराटनगर १२ मा रहेको न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रमा मण्डलले फासो लिई आत्मा हत्या गरेका छन् । मण्डल छठमा छुटी लिई घर गएका थिए । घर बाट मङ्सिर ४ गते आइतबार घरबाट बिलुका आएको न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रका वार्डेन अभिषेक बुढाथोकीले बताउनुभयो। वार्डेन बुढाथोकीका अनुसार मण्डलको अवस्था राम्रो नै थियो तर आज दिउसो करिब २ :३० बजे १० मिनेट जाने भनेर गएको थियो। करिब २० -२५ मिनेट हुँदा न आए पछि खोज्न जादा फासो लिएको आवस्थामा भेट्यो तर किन र के कारणले फासो लिएको आफुलाई केहि थाहा भएन उहाँले बताउनुभयो ।

मण्डल सुत्ने कोठाको साईडमा रहेको कोठाको पंखामा झुन्डिएर आत्मा हत्या गरेको थियो ।फासो लिएको कोठाको धोका पनि खुल्ले थियो तर कोइ ,कसैले देखेन ?

यता मृतक मादलको परिवारले न्यु लाईफ फेलोसिफ लागु ओषध /मादक पदार्थ रोकथाम तथा उपचार केन्द्रको लापरवाहीको कारण फासो लिएको बताउनुभयो। धोका खुल्ला थियो त्यति मान्छेहरु छन् कोइ किन देखेन परिवारले बताउनुभयो।

मृतक मण्डलको पोस्टमार्टमको लागि कोशी अस्पताल लागिएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १९:३७:३९ , २ वर्ष अगाडि

error: Content is protected !!