१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित

Aarya News Desk

विराटनगर।। मोरङ ६ को (क) प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्य निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत प्राप्त गरी विजयी भएका हुन् ।

आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुष्पकमल दाहालको ज्वाइँ पनि हुन् । उनी १ हजार ८८३ मतको अग्रता कायम गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रिता न्यौपाने १७ हजार ५७१ ल्याएकी छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिरा भट्टराईले ७ हजार ७९२ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : ११:४२:११ , १ वर्ष अगाडि

error: Content is protected !!