१८ बैशाख २०८१, मंगलबार
2024-04-30

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

Aarya News Desk

विराटनगर। झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

हिजो राती साढे ९ बजे झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने मोरङको लेटाङ नगरपालिका-९ स्थितमा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को.१ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : १३:४२:१३ , १ वर्ष अगाडि

error: Content is protected !!