१८ बैशाख २०८१, मंगलबार
2024-04-30

पाल्पामा भेटिए ऐतिहासिक तोपका गोला ( भिडियो सहित )

Aarya News Desk

पाल्पा। पाल्पा सदरमुकाम तानसेन नजिकै घडेरी खन्नेक्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन् ।

जिल्लाको तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बाइसे चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताए ।

अहिलेसम्म ३०० वटा गोला फेला परेको र उत्खन्नको क्रममा अझ धेरै भेटिनसक्ने श्रेष्ठको भनाइ छ । गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो ।

सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । अहिले ती गोलाको सुरक्षित व्यवस्थापनको लागि पाल्पास्थित नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडी बढेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१२-२० , समय : २०:४७:३१ , १ वर्ष अगाडि

error: Content is protected !!