०६ जेठ २०८१, आइतबार
2024-05-19

जसपाले नेकपा एमालेलाई पछि पार्दै अगाडी बढ्दै

आर्य न्युज

सुनसरी  ०१ जेष्ठ । देवानगन्ज गाउँपालिकामा जसपाले  नेकपा एमलेलाई  पछि पार्दै अगाडी बढेको छ। गत ३० गते शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि पालिकाको १ नम्बर र ५ नम्बर वडाको मतगणना सुरु भएको थियो ।मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार ३६९७ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता १४८७, जसपाका वेचन मेहता ९५६, एमालेका  चन्दन यादव ८८८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव १३७७, जसपाका आशमनीकुमारी यादव ७९३, एमकेका जमुना मेहता ११०१ मत प्राप्त गरेका छन्।
थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१५ , समय : १४:३६:११ , २ वर्ष अगाडि

error: Content is protected !!