१८ बैशाख २०८१, मंगलबार
2024-04-30

मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रतिनिधीको मृत्यु

Aarya News

विराटनगर । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रतिनिधीको मृत्यु भएको छ । विराटनगर वडा नम्बर ५ होटेल मनासलु अगाडी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी भएका अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो । आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा हिजो राती करिब साढे ११ बजे दुर्घटनामा परी महतको मृत्यु भएको थियो ।

अर्घाखाँचीका सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षीय महत लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार थिए । बन्दशत्र सुरु भएको होटेल मनासलुबाट निस्किएपछि विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्याउदा मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका छन् । उनको उपचार नोबेलमा भइरहेको छ । रातीको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको कारणले दुर्घटना भएको प्रमुख ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो। ‘मापसे सेवन गरेर प्रदेश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल सवार चालकले मापसे सेवन गरेपछि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ,’ मोरङ ट्राफिक प्रमुख कार्कीले भने, ‘सवारीमा सवार पक्राउ परेका छन् । उनीले पनि मापसे सेवन गरेको खुलेको छ । ’ ठक्कर दिने चालक विराटनगरका स्वयम अन्सारी फरार रहेका छन् ।

प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-२० , समय : ११:३६:३१ , १ वर्ष अगाडि

error: Content is protected !!