०६ जेठ २०८१, आइतबार
2024-05-19

रुपन्देहीमा गोली चल्दा एक घाइते

Desk

नेपालीमा पढ्नुहोस

भैरहवा। रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा गोली चलेको छ । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका विकास गुरुङ घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले घटनाबारे सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको जानकारी दिए। घटनाको विभिन्न कोणले अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : ११:३३:३४ , २ वर्ष अगाडि

error: Content is protected !!