१८ बैशाख २०८१, मंगलबार
2024-04-30

मोरङ क्षेत्र नम्बर ४ मा कार्यकर्ताहरु खुलेर अगाडी नआउदा सता गठबन्धनलाई ठुलो चुनौती; गठबन्धन ,नेकपा एमाले र राप्रपा बीच ठुलो प्रस्तिपर्दा

राजीव कुशवाहा

विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागी राजनितिक दलहरु लागी परेका छन।

अहिले मोरङ जिल्लाको निर्वाचन क्षेत्र ४ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा माओवादी केन्द्रियका अमनलाल मोदी प्रदेश सभा ४ “क” तर्फ गुरु राज घिमिरे र “खा” तर्फ भीम पराजुलीलाई उमेदवार उठाएको छ। नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभामा बिनोद ढकाल र प्रदेश सभा ४ “क “तर्फ जय प्रकाश चौधरी र “ख “मा जीवन घिमिरेलाई उठाएको छ । राजा सहितको प्रजातन्त्र को ओकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तर्फ रवि रिजाल प्रदेश ४ “क” आश नारायण माझी र “ख” माधव आचार्यलाई उठाएको छ।

अहिले यिनीहरु अन्तरिक रुपमा घर घर गएर आफ्नो पक्षमा जनमत तयारी गर्ने काम गरि रहे पनि यिनीहरुका कार्यकर्ताहरु खुलेर अगाडी आउन साकिरहेका छैन । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रका अमन लाल मोदीले विजय हासिल गरेको र पुन: फेरी मोदीलाई टिकट दिएको कारणले गर्दा आम स्थानिया बसिन्दाहरु सन्तुस्ट हुन सकेका छैन ।

अहिले मोदीको ध्यान ग्रामिण क्षेत्र केन्द्रित रहेको र आफुलाई विराटनगरका मत दाताले मत न दिए पनि आफ्नो बिजय सुनिश्चित रहेको कुरा प्रसार प्रचारमा ल्याएका छन्। यस लाई हेर्दा गथाबन्धनका उमेदवर मोदीको जित सुनिश्चित भन्ने ठाउँ छैन। अहिले सम्मको अवस्था हेर्दा नेकपा एमालेका बिनोद ढकाल , गठबन्धनका अमनलाल मोदी र राप्रपाका रबि रिजालको बिच तिब्र प्रतिस्प्रदा हुन देखिन्छ ।

यस क्षेत्रमा अन्य राजनेतिक दल र स्वतन्त्र गरी आधा दर्जन भन्दा बढी उमेदवारी दिएका छन्। उनिहरुले साता गठबन्धन र नेकपा एमालेको मत काट्ने भएको कारणले गर्दा थोरै मतान्तरले हारजित हुने देखिन्छ ।

प्रदेश तर्फ ४ “ख” तर्फ सबैको ध्यान केन्द्रित हुदै गएको छ। यस तर्फ पुर्व मन्त्री भईसक्नु भएका जीवन घिमिरे र गठबन्धनको तर्फबटा विराटनगरका निवर्तमान मेयर भीम पराजुली र राप्रपा मोरङ अध्यक्ष माधव आचार्य चुनावी प्रस्तिपर्दामा उठिरहनु भएको छ । निजहरु घर देइलो कार्यक्रममा व्यस्त रहनु भएको र ४ “ख” मा भीम पराजुली माधव आचार्य र जीवन घिमिरे बिच कडा प्रस्तिपर्दा हुने छ ।

सता गाठबन्धनको तर्फ बाट उमेदवार भएकालाई हराउनको लागी नेपाली कांग्रेस निकटको एउटा गुट लगिरहेको हुदा यो क्षेत्र गठबन्धनको लागी चनौती पूर्ण मानिन्छ । यो क्षेत्रका नेपाली कांग्रेसका पूर्व नेता एवं पूर्व मन्त्री महेश आचार्य, मिनेन्द्र रिजाल लगयत स्थानिया तहका यस क्षेत्रका नेताहरु अहिले सम्म खुलेर न आएको कारणले गर्दा परिनाम कसको पक्षमा जान्छ भनेर भन्न सकिने आवस्था छैन।

प्रकाशित मिति: २०२२-१०-३० , समय : ०८:१८:४८ , २ वर्ष अगाडि

error: Content is protected !!